हतियार र लागुऔषधसहित दुईजना पक्राउ

लहान- हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार तथा लागुऔषधसहित लहान नगरपालिका–४ निवासी रञ्जित यादव र लहान नगरपालिका-५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरेको छ । 

गोप्य सूचनाका आधारमा लहान नगरपालिका-४ स्थित रञ्जित यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा केएफ आठ एमएम लेखिएको दुई थान पेस्तोल, ३०३ राइफलको गोली एक राउन्ड तथा प्रयोग भइसकेको डाइजेल्याब आठ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक दुई एम्पुल, सिरिञ्ज आठ थान, नाइट्रोभेट पाँच थान डाइलेक्स डिसी एक बोतललगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

अज्ञात समूहले रकम लुटपाट गरेको भनी गलत अफवाह फैलाएको आरोपमा प्रहरीले सिरहाको धनगढीमाई नगारपालिका-१० निवासी चितकुमार कामैतलाई पक्राउ गरी कारबाही अघि बढाएकाे छ ।  

सिरहाको गोलबजारस्थित ज्योति विकाश बैंकबाट नगद झिकेर फर्किंदै गरेको अवस्थामा धनगढीमाइ नगरपालिका-३ स्थित उग्रचण्डी पेट्रोल पम्पनजिकै रातो कलरको अपाची मोटरसाइकलमा सवार दुईजना व्यक्तिले आफ्नो साथमा भएको नगद सात लाख लुटपाट गरेको सूचना कामैतले प्रहरीले दिएका थिए । 

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा कामैतको उक्त रकम आफ्ना साथी एवं नातेदारलाई राख्न दिएको र केही रकम निज स्वयंले साथमा राखेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको जिप्रकामा प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 
पक्राउ परेका कामैतमाथि झूटाे अफवाह फैलाएको कसुरमा कारबाही चलाइएको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।





  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १४:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया