एमसिसी फिर्ता पठाएर प्रचण्ड र माधवले देशलाई चौतर्फी संकटमा फसाउँदै छन् : सूर्य थापा

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका माधवकुमार नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका छन् । उनले अमेरिकी सहायता परियोजना (एमसिसी) फिर्ता पठाउने बहानामा प्रचण्ड र नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आराेप लगाएका हुन् ।

‘जसरी अरुण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव नेपाललगायतको झुण्डले गरिरहेको छ,’ थापाले फेसबुकमा लेखेका छन् । 

उनले अमेरिका वा दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार किन गरेको भन्दै प्रश्नसमेत गरेका छन् । ‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदानविरूद्ध आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमश: च्यातचुत पारिँदै छन् । तिनले भविष्यमा जवाफ दिन सक्लान् ? अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्र विरोधी कार्य किन गरेको त ?,’ थापाले प्रश्न गरेका छन् ।  





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १२:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया