टि-२० विश्वकप : भारत र पाकिस्तानबीच हुने खेलको सम्पूर्ण टिकट बिक्री

अस्ट्रेलियामा अक्टुबर १६ देखि नोभेम्बर १३ सम्म हुने आइसिसी पुरुष टि-२० विश्वकपकाे टिकट बिक्री खुल्ला गरिएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सोमबारबाट विश्वकपको सबै खेलका टिकट बिक्री खुल्ला गरेको हो । 

टिकटको सुरुवाती मूल्य बालबालिकाका लागि ५ अमेरिकी डलर तथा अन्यका लागि २० डलर रहेको छ । विश्वकपका खेलहरू एडिलेड, ब्रिसबेन, गिलोङ, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछन् ।

सुपर १२ अन्तर्गत भारत र पाकिस्तानबीच अक्टुबर २३ मा हुने खेलको भने सबै टिकट बिक्री भएको छ । 

बिक्री खुल्ला भएको ५ घण्टामै भारत र पाकिस्तानबीच हुने खेलको सम्पूर्ण टिकट बिक्री भएको आइसिसीले बताएको छ । 
 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १६:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया