नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् । उनले संविधानको मर्म अनुरूप निर्वाचनको मिति घोषणा भएको बताएका हुन् ।
थापाले सरकारको यो निर्णयले स्थानीय तह रिक्त हुन्छ कि, भन्ने आशंका हटेको पनि उल्लेख गरेका छन् । ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्’, उनले ट्विट गर्दै भनेका छन् ।
महामन्त्री थापाले संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नरहेको पनि बताएका छन् ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।
— Gagan Thapa (@thapagk) February 8, 2022
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३० वैशाखमा एकैपटक गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।