स्थानीय तहको निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिन्छ : महेश बस्नेत

नेकपा (एमाले)का नेता महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धामा उत्रिने बताएका छन् ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा भने स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सक्ने बताए ।

'नेकपा एमाले त सचेत भइसकेको छ । निर्वाचनमा नेकपा एमाले मूलभूत रूपमा एक्लै जान्छ । तर, कतिपय ठाउँमा निर्वाचनमा गठबन्धन निर्माण गर्नेभन्दा पनि स्थानीय आवश्यकताका आधारमा तालमेल हुन सक्छन् । त्यो कुरालाई नेकपा एमाले स्वीकार गरेर जान्छ ।’

सांसद बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दोहोरो चरित्रबारे प्रधानमन्त्री शेरबहादुर देउवा पनि सचेत रहन आवश्यक रहेको औँल्याए । उनले नेपाल र प्रचण्ड विभिन्न परिस्थिति सिर्जना गरेर अन्यौलता सिर्जना गर्ने प्रवृतिको नेता भएको टिप्पणी गरे ।

‘प्रचण्ड र माधवकुमार नेपालजी निर्वाचन गर्दा सकेसम्म कांग्रेससँग गठबन्धन गर्ने, कांग्रेससँग नसक्दा एमालेसँग पनि वार्ता गर्ने खालका विविध शक्तिहरूमार्फत एमालेसँग पनि कता कता साइनो जोड्न खोज्ने, सम्बन्ध नभत्काइ हालौँ भन्ने परिस्थिति सिर्जना गर्ने र एउटा अन्योलता सिर्जना गर्ने ढंगले लाग्नुभएको छ । मलाई लाग्छ, उहाँहरूको यो प्रवृत्तिसँग नेपाली कांग्रेसका सभापति वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यू सचेत हुन आवश्यक छ' उनले भने

सांसद बस्नेतले माओवादी केन्द्रका केही नेताहरूले कानुनी रूपमा चुनौती दिएर अदालत जाने र चुनाव सार्ने षडयन्त्रमा लाग्न सक्ने बताए । उनले आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र नेपालले चुनाव सार्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाए ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १५:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया