काश्मिरमा बस खस्दा १३ को मृत्यु

एजेन्सी- भारत प्रशासित काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा २६ जना यात्रु थिए । 

पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अप्ठयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ । घटनास्थल श्रीनगरदेखि २ सय किलोमिटर टाढा पर्ने वरिष्ठ प्रहरी निरीक्षक राजीव पाण्डेले जानकारी दिए । 

‘घटनामा परी १३ जनाको मृत्यु भएको छ भने अरू घाइते भएका छन्,’ पाण्डेले भने । उनले घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताए । घाइतेहरूलाई विमानबाट जम्मुमा रहेको अस्पताल लगेर उपचार गराइएको छ । 

चालकको लापर्वाही, साँधुरो र खराब अवस्थाको सडक लगायतका कारणले भारतमा धेरै यस्ता दुर्घटना हुने गरेका छन् । भारत विश्वमै धेरै सडक दुर्घटना हुने देशमा पर्दछ । एक तथ्यांकअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी औसतमा एक लाख ५० हजार जनाको मृत्यु हुने गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार ७:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया