अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिगअन्तर्गत बर्नेलीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेड १-१ को बराबरीमा रोकिएको छ । आज बिहान टुर्फ मोरमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड अंक बाँड्न बाध्य भएको हो ।

खेलको १८ औं मिनेटमा पउल पोग्बाले गोल गर्दै युनाइटेडलाई १-० ले अगाडि बढाएका थिए । ४७ औं मिनेटमा जाय रोड्रिगेजले घरेलु टोली बर्नेलीलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

यो नतिजासँगै २३ खेलमा ३९ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा रहँदा बर्नेली २० खेलबाट १४ अंकका साथ पुच्छरमा छ ।​ लिगअन्तर्गतकै अन्य खेलमा न्युकासल युनाइटेड एभर्टनमाथि ३-१ र वेस्टह्याम युनाइटेडले वाट्फोर्डमाथि १-० को जित निकाले । 






  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ७:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया