भारतमा कोरोना : मृतकको संख्या बढेको बढ्यै, संक्रमणदर निरन्तर ओरालो

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढिरहेको छ । गत २४ घण्टामा मात्र त्यहाँ १ हजार २१५ संक्रमितले ज्यान गुमाएका छन् । 

सोमबार भारतमा १ हजार १८८ संक्रमितको मृत्यु भएको थियो । भारतमा पछिल्लो आठ दिनमध्ये ६ दिन दैनिक १ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ५ लाख ५ हजार नाघेको छ । 

भारतमा संक्रमणदर चाहिँ निरन्तर ओरालो लागिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६९ हजार ५४४ संक्रमित मात्र भेटिएका छन् । सोमबार भारतमा ६७ हजार ५ सय जनामा कोरोना पुष्टि भएको थियो । 

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ४ करोड २४ लाख व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ८ लाख ८३ हजार संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

हालसम्म त्यहाँ ४ करोड १० लाख व्यक्ति उपचारपछि निको भएका छन् ।  





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ७:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया