लीलबहादुर क्षेत्रीका ‘चर्चित नाटकहरू’ बजारमा

चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको पुस्तक  ‘चर्चित नाटकहरू’ बजारमा आएको छ । झण्डै ६५ वर्षअघि उनले लेखेका र रेडियोबाट वाचन भएका सामाजिक नाटक, एकांकी र रूपकको संग्रह ‘चर्चित नाटकहरू’ लाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो ।

सन् ५० को दशकमा भारतको असमस्थित गुवाहटी रेडियोमा कार्यरत रहँदा लेखिएका रूपक, नाटक, एकांकीमध्येबाट राष्ट्रभक्ति र नेपाली जातिको सांस्कृतिक महत्त्व झल्काउने १० रचनाको संग्रह प्रकाशनमा आएका छन् ।

यो संग्रहमा ‘सुरुको सुरु’, ‘माग’, ‘भाइटीकाभित्रै’ जस्ता निकै चर्चामा रहेका एकांकी र ‘प्रतीक्षा’, ‘अर्द्ध शताब्दीभित्र एक जोर परेवा’, ‘कन्यार्थी’, ‘मिलन’, ‘महिषासुर बध’ जस्ता नाटक समेटिएका छन् । ‘मैले गुवाहटी रेडियोलाई झण्डै सात वर्षजस्तो सेवा प्रदान गरेको कुरा धेरैलाई थाहा नै छ । त्यस कालमा मैले अनगिन्ती रुपक, नाटक, कथोपकथन नेपाली कार्यक्रमलई दिएको हो, संख्यामा यी ५० भन्दा बढी नै हुन्छन्,’ क्षेत्रीले पुस्तक प्राक्कथनमा भनेका छन् । 

उनले नेपाली साहित्यमा ‘बसाई’, ‘अतृप्त’  ‘ब्रम्हपूत्रको छेउछाउ’ जस्ता लोकप्रिय उपन्यास दिइसकेका छन् । क्षेत्रीलार्य हालै भारत सरकारले प्रतिष्ठित पद्यमश्री सम्मान गरेको थियो । उनले नेपालबाट जगदम्बाश्री, बसुन्धराश्री लगायतका दर्जनौं पुरस्कार र सम्मान पाएका छन् ।  





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १२:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया