‘चिसाे मान्छे’काे फर्स्टलुक सार्वजनिक, चलचित्र असारमा सार्वजनिक हुने

निर्देशक दीपेन्द्र के खनालकाे चलचित्र ‘चिसाे मान्छे’काे फर्स्टलुक सार्वजनिक भएकाे छ । चलचित्र निर्माण टिमले फर्स्टलुकसँगै सार्वजनिक मिति पनि ताेकेकाे छ ।

चलचित्र अब असार ३ गते सार्वजनिक हुनेछ । यसभन्दा अगाडि चलचित्र बैशाख ३० गते सार्वजनिक गर्ने भनिएकाे थियाे । 

स्थानीय तहकाे निर्वाचन मिति घाेषणा भएपछि वर्षायाममा चलचित्र सार्वजनिक गर्न लागिएकाे हाे ।

सार्वजनिक भएकाे फर्स्टलुकमा स्वस्तिमा खड्का बझाङी हुलियामा देखिएकी छन् । उनले नाकमा बुलाकी पनि लगाएकी छन् ।

वैदेशिक राेजगारीका लागि मलेसिया पुगेका एक युवककाे मृत्यु भएपछि उनकाे शव नेपाल ल्याउन गरिएकाे संघर्षलाई चलचित्रमा देखाइएकाे छ ।

‘पशुपतिप्रसाद’ र ‘आमा’ जस्ता चलचित्र बनाइसकेका दीपेन्द्रले यस चलचित्रमा पनि आफ्नाे जादु देखाउने अनुमान गर्न सकिन्छ ।



 



  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १२:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया