‘लभ होस्टल’मा बबी देओलको फेरिएको लुक्स

बबी देओलले आफ्नो करियरको यो इनिङ्समा निकै ध्यान दिएर फिल्म र क्यारेक्टर छनोट गरिरहेका छन् ।

बलिउडमा कुनै समय चकलेट ब्वाई र डान्सरका रूपमा आफ्नो इनिङ्स सुरु गरेका बबीको रूपान्तरणको चर्चा चुलिएको छ । यसको उदाहरण बबीको आगामी फिल्म लभ होस्टेल हो, जुन जीफाइभमा रिलिज हुँदैछ । यस फिल्ममा बबी डागर नामको मर्सिनरीको भूमिकामा छन् ।

बुधबार फिल्मको पहिलो पोस्टर रिलिज गरिएको छ । बबीको लुकमा उनको बदलिएको दृष्टिकोण र क्यारेक्टर छनोट देख्न सकिन्छ । उनको लुक देखेर फ्यानहरू अचम्मित छन् ।

लभ होस्टेल एक प्रेमकथा हो, जसमा विक्रान्त मेसी र सान्या मल्होत्राले प्रेमी-प्रेमिकाको भूमिका निर्वाह गरेका छन् । यो फिल्म उत्तर प्रदेशको पृष्ठभूमिमा सेट गरिएको छ ।

बबी प्रेमीको दुश्‍मनको भूमिका निभाएका छन्, जो सुरक्षित हुन भागिरहेका विक्रान्त र सान्याको पछि लाग्छन् । यो चलचित्रलाई शंकर रमनले निर्देशन गरेका हुन् । उनले यसअघि गुडगाउँ जस्ता चलचित्र बनाएका थिए ।

 



 
 


 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by ZEE5 (@zee5)

  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार २०:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया