पछिल्लो २४ घण्टामा भारतमा ६५ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको तुलनामा सङ्क्रमितको सङ्ख्या ६ हजारभन्दा बढीले घटेको हो ।
मंगलबार ७१ हजार ३ सय ६५ नयाँ संक्रमित थपिएका थिए । तेस्रो लहरको महामारी सुरु हुँदाताका भन्दा अहिले दैनिक सङ्क्रमितमा ८१ प्रतिशत गिरावट आएको छ । २० जनवरीमा ३ लाख ४७ हजार २५४ संक्रमित भेटिएकोमा बुधबार भने ६५ हजार मात्र नयाँ सङ्क्रमित थपिएका छन् ।
त्यस्तै, गत २४ घण्टामा भारतमा १ लाख ६७ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आउन सकेको छैन । गत २४ घण्टामा भारतमा १ हजार २ सय ३८ संक्रमितले ज्यान गुमाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार भारतमा १ हजार २१५ संक्रमितले ज्यान गुमाएका थिए ।
देशमा महामारी सुरु भएदेखि हालसम्म भारतमा ४ करोड २४ लाख मानिस संक्रमणको चपेटामा परेका छन् । हाल त्यहाँ ७ करोड ८१ लाख मानिस उपचार गराइरहेका छन् ।
हालसम्म भारतमा ४ करोड २४ लाख व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ४ करोड ११ लाख उपचारपछि निको भएका छन् । भारतमा ५ लाख ६ हजार संक्रमितको भने मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।