मन्त्रीलाई मुख्यमन्त्री राईको निर्देशन : कर्मचारीलाई अनुचित काम गर्न दबाब नदिनुहोला

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । 

प्रदेश-१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको बिहीबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरे ।

‘हामीलाई चिनियाँ उक्ति जस्तो- बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ, हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनु पर्‍यो, कर्मचारी जो भए पनि हुन्छ,’ उनले भने ।

मुख्यमन्त्री राईले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीलाई निर्देशन दिए । मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीलाई सहयोग गर्न पनि सचिवलाई आग्रह गरे । 

‘यो वा त्यो कानूनको बहाना गरेर मन्त्रीलाई अलमलाउनु भएन, टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढङ्गले भन्नुपर्‍यो,’ उनले भने ।  





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १०:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया