मोडल एलिसा राईले अर्का मोडल निराजन प्रधानसँग जोडी बाँधेकी छिन् । एलिसा र निराजनले गायक पार्कर लिम्बूको पछिल्लो गीत ‘सागरको गहिराइ’मा जोडी बाँधेका हुन् ।
पप गायक लिम्बूको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा एलिसा र निराजनको जोडी निक्कै सुहाएको छ। सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ ।
निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन उत्तम हुमागाईंले गरेका हुन् । भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । सार्वजनिक गीत गायक पार्करले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।