मिस्टर एन्ड मिस मोडर्नको ताज असिम र चाँदनीले पहिरिए

भक्तपुर– भक्तपुरको दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर एन्ड मिस मोडर्न–२०७५ को ताज असिम नेपाल र चाँदनी श्रेष्ठले पहिरिएका छन् । सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा दुई दर्जन प्रतिस्पर्धीलाई पछाडि पार्दै  नेपाल र श्रेष्ठले ताज पहिरिएका हुन् । 

प्रतियोगितामा मिस्टर मोडर्न ट्यालेन्टको ताज सुमन ढु‌गेल र मिस मोडर्न ट्यालेन्टको ताज भने संस्कृति श्रेष्ठले पहिरिएको कलेजका प्राचार्य अनिल कसपालले जानकारी दिए । कार्यक्रममा मोडर्न स्कुल तथा कलेजले नेपालका र‌ंगकर्मी तथा अभिनेता सरोज खनाललाई नगदसहित सम्मान गरेको छ । कलेजका संस्थापक बाबुकाजी कसपाल र प्राचार्य अनिल कसपालले अभिनेता खनाललाई सम्मानपत्र प्रदान गरी सम्मान गरे । 

त्यसैगरी, कार्यक्रममा नेपाल आइडल सिजन २ का छैटौँ प्रतिस्पर्धी गायक पवन गिरी र भारतको चर्चित टिभी रियालिटी सो सा रे ग म पका एघारौँ प्रतिस्पर्धी मेनुका पौडेललाई सम्मान पत्र प्रदान गरी सम्मान गरियो । कार्यक्रममा मोडर्नबाट २०७५ सालको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा ट्राभल एन्ड टुरिजममा प्रथम हुने विद्यार्थीलाई राधेश्याम जोन्छे स्मृति प्रतिस्थापनबाट हरेक वर्ष प्रदान गर्दै आएको नगद १० हजार र ११ विद्यार्थीलाई मोस्ट पंचुअल अवार्डसमेत प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजन कसपालले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १५:४३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया