चितवनमा फेरि देखियो बर्डफ्लुको संक्रमण

चितवनमा फेरि बर्डफ्लु रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लु देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमुना सङ्कलन गरी काठमाडौं पठाइएकोमा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लुको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा २ हजार कुखुरा  छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने प्रजिअ तामाङले बताए । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ ।  
 





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १३:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया