ओमानले दियाे नेपाललाई १३६ रनकाे लक्ष्य

चार देशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत जारी खेलमा आयोजक ओमानले नेपाल समक्ष १३६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

अल अमिरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएकाे थियाे ।

ओमानका लागि कप्तान जिशन मक्सुदले अविजित ४३ रनकाे याेगदान दिए । माेहम्मद नदिमले ३१ र जितेन्द्रर सिंहले १३ रन बनाए ।

खराब सुरुवात गरे पनि पाँचौ विकेटका लागि मक्सुद र नदिमले ६१ रनकाे महत्त्वपूर्ण साझेदारी गर्दै ओमानकाे पारी उकासेका थिए ।

नेपालका लागि अविनाश बाेहराले तीन तथा कमलसिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट लिए ।
 





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १७:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया