सुनसरीमा प्रहरी र भारतीय डाँकाबीच गोली हानाहान, एकको मृत्यु

काठमाडौं– सुनसरीको कोशी गाउँपालिकास्थित मुसहरि टोलमा प्रहरी र भारतीय डाँका समूहबीच गोली चल्दा एकको मृत्यु भएको छ ।

गत राती भएको घटनामा भारतीय नाकाबाट पाँच जनाको समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । 

जिल्ला कार्यालयका अनुसार घटनापछि अन्य व्यक्ति भारततर्फ भागेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जानकारी दिएको छ ।
 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार ११:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया