त्यो महाअभियोग : फिर्ता भएको थियो तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । यी तीन दलका ९८ सांसदले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।  

यसअघि पाँच वर्ष पहिले अर्थात् २०७४ सालमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध पनि कांग्रेस र माओवादीका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यतिबेला २ सय ४९ सांसदले कार्कीविरुद्ध ​महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । १७ वैशाखमा दर्ता भएको सो प्रस्ताव पारित भने हुन सकेन ।    

त्यतिबेला कार्कीविरुद्धको महाअभियोग प्रस्तावकमा कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा र समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत रहेका थिए । तर, संसद् अवरुद्ध गर्ने एमालेको चेतावनीपछि सत्ता साझेदार दल कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव फिर्ता लिएका थिए । 

प्रमुख दलहरूबीच १३ जेठमा महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको थियो ।   
 






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १२:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया