सन्दीप अस्ट्रेलिया प्रस्थान

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने अस्टे«लियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्नका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् । 

बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौंमा भइरहेको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अस्ट्रेलियातर्फ लागेका हुन् । शनिबारको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्सविरुद्ध दुई तथा आइतबार चितवन टाइगर्सविरुद्ध तीन विकेट लिएका थिए । 

सन्दीपले अस्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्न लागेका हुन् । बिग बास लिग पुस ४ गतेदेखि सुरु हुँदै छ । बिबिएलभन्दा अगाडि नै बंगलादेश प्रिमियर लिग बिपिएलमा अनुबन्ध भइसकेका सन्दीपले बिबिएलको केही खेले खेलेर बंगलादेश जानेछन् । लामिछाने बंगलादेश र युएर्इको लिगमा समेत आबद्ध भइसकेका छन् । 

इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि विश्वभर चर्चित बनेका सन्दीपले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० क्यानडा लिग, अफगानिस्तान प्रिमियर लिग र टी–२० लिग खेलिसकेका छन् । 
 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १४:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया