नाटकीय खेलमा बार्सिलोना र स्पान्योलको बराबरी

स्पेनिस ला लिगाअन्तर्गत आज बिहान सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली स्पान्योलसँग बराबरी खेलेको छ । कोर्नेला एल पार्टमा दुवै टोलीले २–२ को बराबरी खेलेका हुन् । 

खेलको दोस्रो मिनेटमै पेड्रिले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४० औं मिनेटमा सर्जी डार्डेरले घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए । ६४ औं मिनेटमा राहुल डि थोमसले स्पान्योललाई २–१ ले अगाडि बढाए ।

थप गरिएको समयको समयमा भने खेलले नाटकीय रूप लियो । थप गरिएको समयको दोस्रो मिनेटमा एक अर्काविरुद्व झगडामा उत्रिएपछि बार्सिलोनाका जेराड पिके र स्पान्योलका निको मेलामेदले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड बेहोर्दै मैदान छाडे ।

थप गरिएको समयको छैटौं मिनेटमा लुक डि जोङले बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । लगत्तै रेफ्रीसँग विवादमा उत्रिएपछि स्पान्योलका मानु मार्लानेसले रातो कार्ड बेहोरे ।

यो जितसँगै बार्सिलोना २३ खेलमा ३९ अंक जोडेर चौथो स्थानमा उक्लिँदा स्पान्योल २४ खेलबाट २८ अंकका साथ १३ औं स्थानमा यथावत छ । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार ७:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया