इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लेस्टर सिटी वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । गएराति किङ्ग पावर स्टेडियममा भएको खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेका हुन् ।
खेलको १० औं मिनेटमा जारोड बोवेनले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा युरी टिलेम्यान्सले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए ।
५७ औं मिनेटमा रिकार्डो परेराले लेस्टरलाई २–१ ले अघि बढाए । थप गरिएको समयमा क्रेग डसनले गोल गर्दै वेस्टह्यामलाई २–२ को बराबरीमा ल्याए । यो बराबरीसँगै लेस्टर २२ खेलमा २७ अंकका साथ ११ औं तथा वेस्टह्याम २५ खेलबाट ४१ अंकका साथ चौथो स्थानमा छन् ।
लिगअन्तर्गत नै भएका अन्य खेलमा लिभरपुलले बर्नेली तथा न्युक्यासलले एस्टन भिल्लामाथि समान १-० को जित हात पार्दा उल्भ्सले टोटेनहमलाई २–० ले पराजित गर्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।