एमाले सांसदहरुको ओलीलाई सुझावः चोलेन्द्र र एमसिसी बोकेर चुनावमा नजाऔँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ आफूहरु निर्वाचनमा होमिन नसक्ने बताएका छन् । उनीहरुले एमसिसीमा पनि आफूहरुले प्रष्ट विचार बाहिर ल्याउनु पर्ने र यसलाई पनि लिएर चुनावमा जाँदा राम्रो नहुने बताएका छन् ।

आइतबार सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवलायमा दर्ता गराएका छन् । 

यसको प्रतिवादमा एमालेले पनि सर्वोच्चका चार न्यायाधीशलाई महाअभियोग लगाउने तयारी गरेको छ । यही विषयमा छलफल गर्न एमालेले आइतबार आजका लागि आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको थियो । 

आइतबार साँझै बसेको एमाले सचिवालय बैठकमा चाहिँ थप चार न्यायाधीशलाई महाअभियोग लगाउने वा नलगाउने विषयमा कुनै निष्कर्ष निकालिएको थिएन ।

सोमबारको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वले लिएको निर्णयलाई सबैले पालना गर्नु पर्ने बताएका थिए । तर, उनले तत्काल चार न्यायाधीशलाई महाअभियोग लगाउने विषयमा केही बताएका छैनन् ।

संसदीय दलको बैठकमा अहिले संसदहरुले आआफ्ना धारणा राखिरहेका छन् । धारणा राखिसकेका अधिकांश सांसदले निलम्बित प्रधानन्यायाधीश जबरा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोकेर आफूहरु चुनावमा जान नसक्ने बताएका हुन् । उनीहरुले चार न्यायाधीशलाई लगाउने भनिएको महाअभियोगबारे पनि सोचेर कदम चाल्नु पर्ने धारणा राखेका छन् । 



बैठकमा एमाले सांसद भीम रावलले एमसिसीको विरोधमा एमाले सशक्त रुपमा उभिनु पर्ने बताएका छन् । एमसिसीलाई पारित हुन नदिने एमाले अघि बढ्नु पर्ने र जबरालाई पनि बोक्न नहुने उनले बताएको एक सांसदले फरकधारलाई जानकारी दिए । 



  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १४:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया