सरकारमा हुँदा एउटा, नहुँदा अर्को कुरा गर्नुहुँदैन, ०६८ यताका सबै सरकार एमसिसी प्रक्रियामा सहभागी छन् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग न्याय क्षेत्रमा रहेको गतिरोध अन्त्यको लागि भएको बताएका छन् ।

बनेपामा नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रस्ताव ढिलो आएको भए पनि सही निर्णय भएको बताएका छन् ।

सर्वोच्च अदालतमा महिनौंदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च सेयर नगरेको अवस्था रहेको र बार र बेञ्चमा भएका कोही पनि राणासँग बहस गर्न तयार नभएको अवस्था आएको उनले बताए ।

थापाले भने, ‘उहाँमाथि संगीन आरोप लागेकोले सहज बहिर्गनको लागि अनुरोध गरेका थियौं, न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो ।’ महाअभियोग पास हुने–नहुनेबारे संसद्ले नै निर्णय गर्ने उनले बताए ।

उनले एमसिसी छिटो भन्दा छिटो संसद्‌मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताए । देशमा ठूलो पूर्वाधार बन्नको लागि वैदेशिक सहायता आवश्यक भएको भन्दै उनले ०६८ सालयताका सबै सरकारले एमसिसी स्विकारेर प्रक्रिया अघि बढाएको थापाले दाबी गरे ।

थापाले भने, ‘सरकारमा बस्दा एउटा कुरा, नहुँदा अर्को कुरा गर्नुहुँदैन, ०६८ सालयताका सबै सरकारले प्रक्रियाअघि बढाएकाले, एमसिसी पास नगर्ने हो भने त्यसयताका नेतृत्वले बेला हामी सुरमा थिएनौँ भनेर भन्नुपर्छ ।’





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार २१:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया