नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । आज बिहान १० बजे बस्न लागेको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल हुनेछ ।
माओवादीले परामर्श समिति र संसद् बैठकअघि संसदीय दलको बैठक बोलाएको हो । माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने जानकारी दिए ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ । आजको प्रतिनिधिसभा बैठकमा सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने र सभामुख सापकोटाले विभिन्न शोक प्रस्तावहरू प्रस्तुत गर्ने रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।