एमालेले आज पनि संसदमा अवरोध गर्ने, कार्यव्यवस्था बैठकमा पनि नजाने
फाइल तस्वीर ।

नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने भएको छ । आज दिउँसो बोलाइएको प्रतिनिधिसभा बैठकमा एमालेले विरोध गर्ने भएको हो । 

त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले सहभागी नहुने भएको छ ।

यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई पनि एमालेले बहिस्कार गरेको थियो ।

एमालेले आफूहरुले जे विषय उठाएको छ, ती विषयको कुनै सम्बोधन नभएको भन्दै विरोध गर्ने जनाएको हो । एमालेले सभामुख सापकोटाले संविधानअनुसार काम नगरेको आरोप लगाउँदै उनको बर्हिगमन हुनु पर्ने माग राख्दै आएको छ ।

‘हामीले उठाएका माग सम्बोधन भएका छैनन्,’ एमाले सांसद खगराज अधिकारीले फरकधारलाई बताए, ‘त्यसैले हाम्रो विरोध जारी रहन्छ ।’ उनले सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षको भूमिकालाई सत्तापक्षले नजरअन्दाज गरेको पनि आरोप लगाएका छन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १०:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया