ओसामा विन लादेनबारे उनकी आमाको बयानः 'सानोमा असल र लजालु'

एजेन्सी– आतंकवादी संगठन अल कायदाका नेता ओसामा बिन लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले सार्वजनिक रुपमा छोराबारे आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

लादेनकी आमा आलिया गानेमले साउदी अरेबियामा रहेको आफ्नो पुख्र्यौली घरमा बेलायती पत्रिका ‘द गाजिर्यन’ लाई अन्तर्वार्ता दिँदै आफ्नो धारणा राखिन्। कुराकानीका क्रममा आलियाले छोरा ओसामा सानोमा लजालु र असल स्वभावको भएको तर विश्वविद्यालयमा ‘ब्रेनवाश’ गरेर उनको विचार परिवर्तन गराइएको बताइन् । आफूहरुले छोरालाई अन्तिम पटक सन् १९९९ मा अफगानिस्तानमा देखेको उनले बताइन् ।

 ०

यो ठ्याक्कै सेप्टेम्बर ११ को घटनाभन्दा दुई वर्ष अगाडिको कुरा थियो । सुरुमा ओसामा सोभियत सेनाविरुद्ध लड्नका लागि अफगानिस्तान गएका थिए । तर सन् १९९९ सम्म उनी विश्वसामू एक संदिग्ध चरमपन्थीका रुपमा परिचित भइसकेका थिए ।

तपाईंलाई जब छोरा लडाकु भएको थाहा भयो त्यति बेला कस्तो महसुस भयो ? भन्ने प्रश्नमा आलियाले भनेकी छन्, ‘हामी निकै चिन्तित थियौँ । म त्यस्तो नहोस् भन्ने नै चाहन्थेँ । उनी कसरी सब बर्बाद गर्न सक्थे ?’

आलियाका अनुसार विश्वविद्यालयमै अध्ययनका क्रममा ओसामा ‘मुस्लिम ब्रदरहुड संगठन’ को सम्पर्कमा पुगेका थिए । त्यसै क्रममा उनी चरमपन्थी स्वभावका भएको आलियाको बुझाई छ ।



बिन लादेनको परिवार साउदी अरेबियामा सबैभन्दा प्रभावशाली परिवारमा गनिन्छ । निर्माण व्यवसायबाट लादेन परिवारले निकै सम्पत्ति जोड्न सफल भएको छ ।

बिन लादेनका बुवा मोहम्मद बिन अवाद बिन लादेनले आलियासँग ओसामा जन्मिएको तीन वर्षपछि सम्बन्ध विच्छेद गरेका दिए । अवाद बिन लादेनका ५० भन्दा बढी छोराछोरी छन् ।



  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार २२:४०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया