नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

सरकारले नयाँ शैक्षिक सत्रको अध्ययन–अध्यापन जेठ १ गतेबाट गर्ने जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को तेश्रो लहरका कारण अध्ययन अध्यापन प्रभावित बनेपछि सरकारले नयाँ शैक्षिक सत्र विलम्ब गरी सुरु गर्ने निर्णयमा पुगेको हो ।

चैतभित्र पढाइ पूरा गर्ने, वैशाखमा परीक्षा सम्पन्न गर्ने र जेठदेखि नयाँ कक्षा सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार २१:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया