जे एण्ड जे खोप लगाएकाले ६ महिनापछि बुस्टर लगाउन पाउने

ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर मात्रा लगाउन पाउने जनाएको हो ।   

अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्ने मन्त्रालयले जनाएको छ । पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयको अनुरोध छ ।

यदि उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रूपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ८:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया