बोली फेरि राख्ने चरित्र कांग्रेसले बोक्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।

‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले । पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यी सबै कुरालाई बिर्सेर भए पनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ । नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्ने कुरासँग होइन,’ बिहीबार कांग्रेस नेता अजुननरसिंह केसीले लेखेको पुस्तकको लोकार्पण कार्यक्रममा थापाले भने, ‘आफूलाई जे कुरामा विश्वास लागेको छ, त्यो विश्वासका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्यका निम्ति यी सबै कुराहरूमा नेपाली कांग्रेस पार्टी अरूजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा बोली फेरि राख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन ।’  

उनले कांग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको पनि दाबी गरे । 
 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १३:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया