अहमदाबाद विष्फाेटका ३८ दाेषीलाई मृत्युदण्ड, ११ जनालाई आजीवन कारावासको सजाय

भारतको गुजरात राज्यको अहमदाबाद सहरमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विष्फाेटका ३८ जना दोषीलाई मृत्युदन्डकाे सजाय सुनाइएको छ । 

एउटा विशेष अदालतले शुक्रबार सो सजाय सुनाएको हो । सो विष्फाेटमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएको थियो । सन् २००८ को २६ जुलाईमा भएकाे श्रृंखलाबद्ध विष्फाेटमा ५६ जनाले ज्यान गुमाएका छन् ।

७० मिनेटको अन्तरालमा भएका २१ ओटा विष्फाेटका घटनामा २०० भन्दा बढी घाइते भएका थिए।  सो घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका छन् । 

यही ८ फेब्रुअरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनालाई सफाइ दिएको थियो । १३ वर्ष पुरानो मुद्दामा अदालतले गत वर्ष सेप्टेम्बरमा सुनुवाइ समाप्त गरेको थियो ।

प्रहरीले प्रतिबन्धित स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया (एसआइएमआई) को गुट इन्डियन मुजाहिद्दिन नामक अतिवादी समूहमा आबद्ध व्यक्ति सो घटनामा संलग्न रहेको दाबी गरेको थियो। 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १३:५८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया