वेस्ट इन्डिजविरुद्धकाे टि-२० सिरिज अन्तर्गत बिहीबारकाे दोस्रो खेलमा घरेलु टाेली भारत ८ रनले विजयी भएकाे छ ।
याे जितसँगै भारतले एक खेल अगावै सिरिजमाथि कब्जा जमाएकाे छ ।
१८७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ ७८ रन मात्र बनाउन सक्याे ।
वेस्ट इन्डिजका लागि राेभमन पावेल र निकाेलस पुरनले अर्धशतकीय पारी खेले पनि त्याे जितका लागि पर्याप्त बन्न सकेन ।
पावेल ३६ बलमा ४ चौका र ५ छक्कासहित ६८ रनमा अविजित रहे । ६२ रन बनाएका पुरनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि पावेल र पुरनले ६० बलमा १०० रनको शतकीय साझेदारी गरे पनि टोलीको हार टार्न भने सकेनन् ।
ब्रेन्डन किंगले २२ तथा काइल मेयर्सले ९ रन बनाउँदा काराेन पोलार्ड ३ रनमा अविजित रहे ।
भारतका लागि भारतका भुवनेश्वर कुमार, युजभेन्द्र चाहल र रवि विश्रोईले एक-एक विकेट हात पारे ।
यसअघि काेलकातस्थित इडेन गार्डेनमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।
भारतका लागि ऋषभ पन्त र विराट काेहलीले अर्धशतकीय पारी खेले ।
पन्त २८ बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा अविजित रहे । ४१ बलकाे सामना गर्दै ५२ रन बनाएका काेहलीले ७ चाैका र १ छक्का प्रहार गरे ।
वेंकटेश अय्यरले ३३ र कप्तान राेहित शर्माले १९ रन जोडे ।
पाँचौं विकेटका लागि पन्त र अय्यरले ३५ बलमा ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै भारतकाे पारी उकासेका थिए ।
वेस्ट इन्डिजका लागि रोस्टन चेसले ३ तथा रोमारियो सिफर्ड र शेल्डन काेट्रेलले एक-एक विकेट लिए ।
पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।