भारतमा विधानसभा निर्वाचनः भाजपा र कंग्रेसबीच कडा टक्कर

एजेन्सी- भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरणअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कंग्रेस आईबीच कडा टक्कर भइरहेको छ । 

हालै निर्वाचन भएका राज्यहरूमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना रहेका छन् । 

मध्यप्रदेश र राजस्थानमा यसअघि भारतीय जनता पार्टीको सरकार थियो । उक्त दुवै राज्यमा कंग्रेसले कडा टक्कर दिइरहेको छ । मध्यप्रदेशमा २ सय ३० सदस्यीय विधानसभामा कंग्रेस ११० र भाजपा १०८ स्थानमा अगाडि छन् । यहाँ मतगणना जारी छ । 

अर्को राज्य राजस्थानमा कंग्रेसले ५२ र सत्तारूढ दल भाजपाले ३९ स्थानमा अग्रता बनाएका छन् । यहाँको विधानसभा २ सय सदस्यीय छ । दुवै पार्टीका नेता, कार्यकर्ता र समर्थकहरू सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १३:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया