सत्ता गठबन्धनको बैठक बस्दै, एमसिसीबारे गर्ला निर्णय ?
फाइल तस्बिर

बिना निष्कर्ष सकिँदै आएको सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बिहान १० बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) लाई प्रतिनिधिसभामा टेबल गर्ने विषयमा सहमति जुटाउने प्रयास गर्नेछ ।

यसअघि दलहरूले आ–आफ्नै अडान कायमै राखेपछि एमसिसीको विषयमा सहमति जुट्न सकेको थिएन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल एमसिसी संसदमा टेबल गर्नुपर्ने पक्षमा छन् । तर, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भने संसद् सुचारु र दलहरूबीच सहमति भएपछि मात्र एमसिसी टेबल गर्नुपर्नेमा अडानमा छन् ।

अर्को सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने तत्काल एमसिसी टेबल हुनुपर्ने पक्षमा छन् । तर, जसपा अध्यक्ष उपेन्द्र यादवले भने पक्ष भने अहिलेकै स्थितिमा एमसिसी अनुमोदन गर्न नहुने अडान राखेका छन् ।  

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अहिलेसम्म एमसिसीबारे आफ्नो ठोस धारणा सार्वजनिक गरिसकेको छैन । उसले पहिले सत्ता गठबन्धनले निर्णय गरेपछि मात्र आफूहरूले एमसिसीबारे सोच्ने बताउँदै आएको छ । 

यही १६ फागुनसम्म एमसिसीको विषय टुंग्याउनुपर्ने समयसीमा रहेकाले प्रधानमन्त्री देउवा र शीर्ष नेताहरू दबाबमा छन् । आज नै प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा भने एमसिसी अटाएको छैन । 





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ७:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया