सवारीचालक अनुमतिपत्रः प्रविधिले समस्या

ललितपुर- यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।

प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण/अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरूपता नहुँदा समस्या देखिएको हो । उनले भने, ‘यी सबै गल्ती सच्याउनै पर्ने हुँदा समय लाग्छ ।’ चालक अनुमतिपत्रमा पहिले एउटा समूहमा रहेको सवारीलाई अहिले अर्काे समूहमा राखिएको छ । पहिले अन्य समूहमा राखिएको गह्रौँ सवारी (हेभी)लाई अहिले छुट्टै समूहमा राखिएको छ । 

केही दिनपहिले सवारीचालक अनुमतिपत्र नवीकरणका लागि सेवाग्राही आउँदा एउटा समूहबाट अर्काेमा सार्न सकिएन । यी सबै समस्यामा कार्यालयले सेवाग्राही विभाग पठाउँछ । उनले भने, ‘यहाँबाट समाधान नहुने समस्या विभागमा नै पठाउनुपर्ने अवस्था छ ।’

कार्यालयमा अहिले कार्यरत कर्मचारीमध्ये तीनजनाले मात्रै सर्भरको प्रयोग गर्छन् । त्यसमा देखिएको समस्या तीनै कर्मचारीले समाधान निकाल्न नसकेपछि विभाग पठाउने गरिएको छ । 

नीतिगत रूपमा कार्यालय प्रदेश मातहतमा गए पनि व्यावहारिक रूपमा गएको छैन । प्रविधि हस्तान्तरण नहुँदा सामान्य समस्या आउँदासमेत सेवाग्राही विभाग नै पठाउनुपरेको कर्मचारी बताउँछन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १४:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया