प्रचण्डको प्रस्ताव- एमसिसीलाई समितिमा लैजाऊँ, प्रधानमन्त्रीको अडान- संसदमै टेबल गरौँ
फाइल तस्बिर

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस हुने भएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसिसीलाई संसदमा पेस गर्न सहमति जुटाएको हो । सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको संसद बैठकमा एमसिसी पेस हुने बताए ।

यसअघि संशोधनबिना एमसिसी संसदमा टेबल गर्न नसकिने अडान लिएको सत्ता साझेदार दल माओवादी केन्द्र पनि एमसिसीलाई टेबल गर्न सहमत भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालय पनि एमसिसीबारे 'आ-आफ्नो विचारअनुसार सदनमा नै छलफल गर्ने समझदारी' भएको जनाएको छ ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण एमसिसी टेबल गर्ने समझदारी भएको बताइन् । 'अध्यक्ष प्रचण्डले यदी तपाईं टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्रीज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ' उनले भनिन्, 'उपरोक्त स्थितिमा आ आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भयो ।'

अध्यक्ष प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए तापनि लामो समयदेखि सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसिसीलाई मात्र टेबुल गर भन्नु उपयुक्त नहुने पनि प्रस्ट पारेको उनले बताइन् ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १२:३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया