चित्रबहादुर केसीकाे गुनासाे- हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे

पाँच दलीय सत्तारूढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडेकाले गुनासो गरेका छन् । 

एमसिसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले जानकारी दिए । 

‘एमसिसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे’, केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’ 

केसी एमसिसीको विपक्षमा छन् । उनको पार्टी एमसिसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ । 

गठबन्धनका शीर्ष नेताले एमसिसी सम्झौता अनुमोदन प्रस्ताव सदनमा पेस गर्ने आइतबार सहमति गरेका छन् । 





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १२:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया