एमसिसीविरुद्धको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै प्रचण्डले जनाए विरोध

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीलाई लिएर भइरहेको विरोध प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एमसिसी टेबुलको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका हुन् ।

उनले विवाद र विरोधका बीच सरकारले एमसिसी टेबुल गरेको उल्लेख गर्दै आफ्नो पार्टीको संसदीय दलले एमसिसीको विपक्षमा उभिने मत पहिले नै स्‍पष्ट पारेको बताए ।

'विवाद र विरोधका बीच सरकारले एमसिसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसिसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ' उनले फेसबुकमा लेखेका छन्, 'एमसिसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'

पाँच दलीय सत्ता गठबन्धनको सहमतिपछि सरकारले आजको प्रतिनिधिसभाको बैठकमा सरकारले एमसिसी पेस गरेको हो । अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसिसी टेबुल गरेका थिए ।

विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदिय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै...

Posted by क. प्रचण्ड / Comrade Prachanda on Sunday, February 20, 2022




  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १७:१८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया