प्रचण्डले भने : हामी एमसिसीको विपक्षमा उभिन्छौँ

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसिसीको विपक्षमा उभिने दोहोर्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसिसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसिसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए । 

विवाद र विरोधका बीच सरकारले एमसिसी टेबुल गरेको भन्दै उनले एमसिसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । साथै प्रचण्डले प्रहरी दमनमा भएका घाइतेको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् । 

यसबारे आफ्नो आधिकारिक फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसिसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसिसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । 

एमसिसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १७:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया