जिल्ला न्यायाधीशको परीक्षामा तीनजना मात्रै उत्तीर्ण

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको परीक्षाको नतिजा प्रकाशन गरेको गरेको छ । जसअनुसार १८ जना उम्मेदवारमध्ये १५ जना फेल भएका छन् । 

न्याय सेवा आयोगको आइतबार बसेको बैठकले प्रकाशन गरेको नतिजाअनुसार ३ जनामात्रै उत्तीर्ण भएका हुन् । जसमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी उत्तीर्ण भएका हुन् ।  उत्तीर्ण भएकाहरुको अन्तरवार्ता फागुन २९ गतेका लागि तोकिएको छ ।

आजको बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम न्यायाधीश मीरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती उपस्थित थिए । 





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १७:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया