ए डिभिजन लिग: मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारकाे दोस्रो खेलमा न्युराेड टिम (एनआरटी) विजयी भएकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लबमाथि १-० काे कठिन जित हात पारेकाे हाे ।

एनआरटीले २०६६/६७ लिगपछि पहिलाेपटक मनाङमाथि जित निकालेकाे छ ।

खेलकाे २६ औं मिनेटमा मेसुके ओलुमोउले गरेकाे एक मात्र  गाेल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्याे । उनले एरिक विष्टको फ्रिकिकलाई पाेस्टकाे दिशा दिएका थिए ।

दुवै टाेलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् । ४२ औं  मिनेटमा दिनेश राजवंशीकाे क्रसमा विमल रानाकाे हेडरलाई गाेलरक्षक पुजन हाेनाले डाइभ गर्दै बचाउँदै एनआरटीकाे  संकट टारे ।

७९ औं  मिनेटमा दर्शन गुरूङकाे प्रहारलाई   गोलरक्षक अशाेक बरालले बचाउँदा एनआरटीले अग्रता दाेब्बर बनाउने अवसर गुमायाे ।



९० औं  मिनेटमा ओलावाले अफिजकाे हेड पाेलमा लागेर फर्कदाँ मनाङले अग्रता  लिन सकेन ।

याे जितसँगै एनआरटी १२ खेलमा २० अंक जाेड्दै दोस्रो  स्थानमा उक्लिँदा समान खेलबाट समान अंक भए पनि मनाङ हेड टु हेडमा पछि पर्दै तेस्रो स्थानमा झरेकाे छ ।



  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १८:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया