क्रिस्टल ल्याबले पायो आइएसओ सर्टिफिकेट

सिनामंगलमा रहेको ए ग्रेडको ल्याब क्रिस्टल डायग्नोस्टिक ल्याबले आइएसओ सर्टिफिकेट पाएको छ । आइएसओ सर्टिफाइ हुने नेपालका सिमित ल्याबमध्ये क्रिस्टल पनि अब सर्टिफाइड भएको छ ।

अमेरिकी र युरोपेली प्रविधिबाट बनाइएको यो ल्याबमा विश्वमा पाइने पछिल्ला अत्याधुनिक स्तरका मेसिनहरु छन् । साथै यो ल्याबमा नेपालकै चर्चित र अनुभवी प्याथोलोजिस्टहरुले सेवा दिइरहेका छन् ।

पछिल्लो समय पिसिआर परीक्षणका लागि भरपर्दो मानिएको यो ल्याबलाई केहीअघि मात्र नेपाल सरकारले विदेश जाने यात्रुहरुको पिसिआर परीक्षण गर्न त्रिभुवन विमानस्थलमा नै ल्याब सन्चालन अनुमतिसमेत दिएको थियो । त्यस्तै, दुबई नागरिक उड्ड्यन प्राधिकरणले नेपालमा र्यापिड पिसिआरका लागि अनुमति दिएको यो पहिलो ल्याब हो ।

पिसिआर परीक्षणमा विश्वसनीय ल्याबमा गनिएको क्रिस्टलले स्थापनाको एक वर्षमा नै ५० हजारभन्दा बढीलाई प्याथोलोजी सेवा पनि दिएको छ । पिसिआर र प्याथाेलाेजी दुवै गरेर ल्याबले स्थापनाकाे एक वर्षमा नै २ लाखभन्दा बढी परीक्षण गरेकाे जनाएकाे छ ।

नेपाल सरकारबाट ए ग्रेड मान्यता पाएको यो ल्याबले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तर रहेको दाबी गर्दै आएको छ ।

 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १८:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया