नेपाली क्रिकेट टिमलाई बधाई दिँदै राष्ट्रपतिले भनिन्– विश्वकप खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् । 

समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेपछि राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् । उनले नेपाली टोलीलाई नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफलताको कामना व्यक्त गरेकी हुन् । 

‘ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚अग्रिम शुभकामना !’ भण्डारीले शुभकामनामा भनेकी छन् । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार २०:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया