टी-२० विश्वकप छनाेट : नेपाललाई १७६ रनकाे लक्ष्य
फरकधार / १० फागुन, २०७८

आईसिसी पुरूष टी-२० विश्वकप ग्लाेबल छनाेटमा युएईले नेपालसमक्ष १७६ रनकाे बलियाे  लक्ष्य प्रस्तुत गरेकाे छ ।



ओमानकाे अल अमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ राेजेकाे युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायाे ।

युएईका लागि माेहम्मद वासिमले ७० रनकाे उत्कृष्ट पारी खेले । ४८ बलकाे सामना गरेका उनले समान चार चाैका र छक्का प्रहार गरे ।



वृत्य अरविन्दले २३ बलमा पाँच चाैका र तीन छक्कासहित ४६ रन बनाए । महम्मद उस्मानले १७ रन जाेडे ।



तेस्रो विकेटका लागि वासिम र अरविन्दले ६६ तथा चाैथाे विकेटका लागि वासिम र उस्मानले ६४ रनकाे साझेदारी गरेपछि युएईले बिलयाे याेगफल तयार पारेकाे थियाे ।

नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बाेहराले समान तीन तथा कप्तान सन्दिप लामिछानेले एक विकेट हात पारे ।

  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १७:१९:३१,   अन्तिम अपडेट : फागुन १०, २०७८ मंगलबार १७:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया