गगनलाई दीपशिखाको जवाफ : हामीले छाडेको दिन सरकार बुढानीलकण्ठको बार्दलीमा पुग्छ

नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दीपशिखाले माओवादीले सरकार छाडेको दिन अहिलेको सरकार ढल्ने बताएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको विपक्षमा रहने पार्टीले सरकारमा बस्नुको कुनै अर्थ नहुने भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो ढाडमा टेकेर एमसिसी बोकेर बुर्कुसी मारिरहेको सरकार हामीले छोडेको दिन बुढानीलकण्ठको बार्दलीमा पुग्ने हो ।’

यसअघि कांग्रेस महामन्त्री थापाले मंगलबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दलले एमसिसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य समाप्त हुने बताएका थिए । 

सत्ता गठबन्धनमा सहभागी भएर त्यही सरकारले अघि सारेको प्रस्तावविरुद्ध उभिनु जायज नहुने बताएका थिए । 

 





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार २०:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया