२५ प्रतिशत बोनस बाँड्दै चिलिमे जलविद्युत् कम्पनी

काठमाडौं– चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत सेयर लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो । सञ्चालक समितिको उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । 

कम्पनीले रसुवामा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यस्तै, सोही कम्पनीका सहायक कम्पनीले अन्य चार आयोजना निर्माण गरिरहेको छन् । ती आयोजनामा माथिल्लो साञ्जेन, रसुवागढी र मध्यभोटेकोशी रहेका छन् । 

यस्तै, नेपाल स्टक एक्सचेञ्जले आज मञ्जुश्री फाइनान्स लिमिटेडको कारोबारमा रोक लगाएको छ । केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले कारोबारमा रोक लगाइएको स्टकले जनाएको छ । यस्तै, स्टकले आजै कर्पोरेट डेभलपमेन्ट बैंकको लिमिटेडको कारोबार खुला गरेको छ । 

यस्तै, स्टकमा आज सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत सेयर लाभांश दिने घोषणा गरेसँगै सेयर मूल्य २ सय १२ हुने गरी समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य २ सय ५५ रहेको छ । 
 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १३:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया