सलाह र माने चम्किँदा लिभरपुलको फराकिलो जित

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले लिड्स युनाइटेडमाथि ६–० को फराकिलो जित हात पारेको छ । ​एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र सादियो मानेले दुई/दुई तथा जोएल माटिप र भर्जिल भान डाइकले समान एक गोल गरे ।

खेलको १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाए । ३० औं मिनेटमा माटिपले घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा सलाहले पेनाल्टीमै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो  गोल गरे ।

८० र ९० औं मिनेटमा गोल गर्दै मानले लिभरपुललाई ५–० ले अघि बढाए । थप गरिएको समयमा भान डाइकले गोल गरेपछि टोलीले ६–० को फराकिलो जित दर्ता गर्‍यो ।

यो जितसँगै लिभरपुल २६ खेलमा ६० अंकका साथ दोस्रो तथा पराजित लिड्स २५ खेलबाट २३ अंकका साथ १५ औं  स्थानमा यथावत छन् । 






  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार ७:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया