सांसदहरू संसद् भवन छिरेपछि स्थगित भयो प्रतिनिधिसभा बैठक
फाइल तस्वीर

प्रतिनिधिसभा बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल अघि बढ्ने सम्भावित कार्यसूची तय भएको थियो । 

बिहीबार दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेपछि मात्र स्थगित भएको हो । बैठकमा सहभागी हुनका लागि सांसदहरू संसद भवनभित्र पुगिसकेका थिए । बैठकमा सहभागी हुन भवनमै पुगेपछि सम्भवत पहिलोपटक यस्तो दृश्य देखिएको हुनसक्ने चर्चा सुरु भएका छन । अहिले धमाधम सांसदहरू संसद भवनबाट बाहिरिरहेका छन् । 

कार्यव्यवस्था परामर्श समितिको बैठक बसिसकेको थियो । संसद भवन बाहिर सत्तारुढ दलकै भ्रातृ संगठनहरूले प्रदर्शन देखाएका थिए । यद्यपि अन्तिम समयमा बैठक सरकारकै आग्रहमा स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

एमसिसीको कारण सत्ता गठबन्धनमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पारित गराउन गठबन्धनको समेत वास्ता नगरी प्रतिपक्षीसँगको संवादमा अघि बढेपछि झनै गठबन्धनमा झनै समस्या बढेको हो ।

बिहीबार बिहानैदेखि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू दौडधुपमा थिए ।  माओवादी अध्यक्ष प्रचण्डले आज मात्रै प्रधानमन्त्री देउवासँग भेट गरेको बताइएको छ । उता, प्रधानमन्त्रीसँग भेट्नुअघि प्रचण्डले नेकपा एस र जनता समाजवादी पार्टीका नेताहरूसँग परामर्श गरेका थिए ।





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १४:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया