झिनो अंकले बढ्यो नेप्से

काठमाडौं–‌ सेयर बजारमा आज केही सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलब शून्य ८ विन्दुले बढेर १ हजार १ सय ४१ दशमलव १८ विन्दुमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने स्थिर छ । कुल १ सय ५६ कम्पनीको ८ लाख ६५ हजार ७ सय १९ कित्ता सेयर २६ करोड ८८ लाख १० हजार ८ सय २४ रुपैयाँमा खरिद–बिक्री भयो । 

स्टकका अनुसार कारोबार भएका १० उपसमूहमध्ये पाँच उपसमूहका सूचक मात्रै बढेका छन् । त्यसमा जलविद्युत् ३५.७७, वित्त ३.६२, उत्पादन १.५२, अन्य ०.६५ र बिमा समूह २३.६४ विन्दुले बढेका हुन् । 

बाँकी समूहमा भने बैंकिङ १.३३, होटल ३७.२७, विकास बैंक २.५७, निर्जीवन बिमा १०.६९ र लघुवित्त ८.४६ विन्दुले घटेका छन् । 

सोल्टी होटल लिमिटेड, आइएमर्इ जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, साइन रेसुंगा डेभलपमेन्ट बैंक र प्रोगेसिभ फाइनान्स कम्पनीका सेयरधनीले कमाएका छन् । 

सिटिजन इन्टरनेसनल बैंक, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक, मिर्मिरे लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १६:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया