एमसिसी सकस : संसद भवनमा देउवा-ओली वार्ता
फाइल तस्वीर

संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । 

संसदमा टेबुल गरिएको एमसिसी अनुमोदन गर्ने विषयमा उनीहरूबीच छलफल भइरहेको हो । ओलीसँग छलफल गर्नका लागि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा पुगेका थिए ।

छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी छन् ।

सरकारले एमसिसीका विषयमा दलहरूबीच सहमति जुटाउनका लागि आजको प्रतिनिधिसभाको बैठक अन्तिम समयमा स्थगित गरेको थियो । सभामुख सापकोटाले सरकारका आग्रहमा भोलि दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको बताएका छन् ।

आजको बैठकमा एमसिसीमाथि छलफल गर्ने कार्यसूची तय भएको थियो । एमसिसी सरकारले गत आइतबार संसद पेस गरेको थियो । एमसिसीलाई लिएर अहिले सत्ता गठबन्धनमा विवाद भइरहेको छ ।

प्रधानमन्त्री देउवा एमसिसी पारित गर्ने पक्षमा छन् भने सत्ता घटक दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा एमसिसी पारित नहुने निर्णय गरेका छन् । 



गठबन्धनकारी सहयात्री दलहरूले एमसिसीमा सहयोग नगर्ने देखेपछि देउवाले एमालेको सहयोग खोजिरहेका छन् ।



  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १५:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया